भो चाहिएन तिम्रो लोकतन्त्र … !!

  • डा. अजय पराजुली

लोकतन्त्रका नारा फलाक्नेहरुले

किन बिर्से आज ?

लोकतन्त्रको अर्थ, मर्म

मुल्य र मान्यता

 

लोकतन्त्र आज लोकतन्त्र होईन

बोकतन्त्र भएको छ ।

बोक्नु परेको छ देशले

दु:ख, पिडा र बेदना ।।

 

लोकतन्त्र आज लोकतन्त्र होईन

प्यास र भोकतन्त्र भएको छ ।

प्यास हामीलाई लागेको छ

नेता सधैं भोकाएका छन् ।।

 

लोकतन्त्र आज लोकतन्त्र होईन

लुटतन्त्र भएको छ ।

लुटिएको छ यहाँ हाम्रो आत्मसम्मान र बाँच्ने अधिकार

लुटिएको छ यहाँ चेलीबेटीको ईज्जत र अस्मिता ।।

 

लोकतन्त्र आज लोकतन्त्र होईन

“लोग”तन्त्र भएको छ ।

“जिसकी लाठी उसकी भैंस”

चलेको छ यहाँ बलतन्त्र ।।

 

लोकतन्त्र आज लोकतन्त्र होईन

लोटतन्त्र भएको छ ।

सबल सक्क्ष्यम नेपालीहरु पनि

पाईलै पाईलामा लोट्दै हिड्नु परेको छ ।।

 

भो मलाई त चाहिएन

तिम्रो अर्थ फेरिएको लोकतन्त्र ।

तर जति कराए पनि

कस्ले सुन्ने हाम्रो मन्त्र ??

 

लोकतन्त्रलाई लोकतन्त्र बनाउन

सचेत हामी हुनै पर्छ ।

लोकतन्त्र बन्दैन लोकतन्त्र

गरेर कुनै तन्त्रमन्त्र ।।

डाक्टर पराजुली काठमाडौँको ब्लुक्रस अस्पताल  तथा नेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत हुनुहुन्छ।


ताजा खबर