के भा’को ?

  • तारक धिताल

भित्र,
बुद्धी नपुगेको हो की ढंगै नभएको
नियतै ख़राब हो की साथ नपाएको
श्रवण दृष्टि न्यून भा’की अहमले छेकेको
थोत्रो भै मक्कीएकै हो की मात्र अल्झेर उध्रेको ?

बाहिर,
फ़ुल देख्न नसकी कॉडामात्रै नियालेको
आफैमात्र जान्ने भई अरू सबलाई मूर्ख ठानेको
जोत्ने गोरूको पुच्छर निमोठी चुडाउनै चाहेको
संचार होस् की संजाल मनलाग्दी तानाबाना बुनेको ?

सर्वत्र,
गर्न त गाह्रो छ, भन्नलाई लोकतन्त्रमा छेक्ने को?
लालबुझक्कड, अर्ति उपदेश सल्लाह त हाम्रो पेशै हो !

स्वार्थ स्वार्थ स्वार्थ अझै पनि आफ्नै निहित स्वार्थ
बिडम्वना! यत्रा अनर्थका बीच पनि नदेख्ने जीवनको अर्थ ?


ताजा खबर