‘म लकडाउनमा छु’

भय मृत्युको !
सामयिक या असामयिक !
मृत्यु मान्छेको !

कोहोलो आज मृत्युको !
हल्ला आज मृत्युको !!
मृत्यु उसैको हो !
उ मरेपछि !!
उसपछि कसको मृत्यु भयो !
तथ्याङ्क उ सँग हुँदैन !!

भयको भावमा !
सन्त्रास पालेर !!
मृत्यु नचाहेर !
घरको एक कुनामा !!
आफन्तको एक मिटर दुरीमा !

म सुतेको छु !
सुतेको सुतै नहुन !!
बेलाबेलामा जाग्ने गर्छु !
फेरि मृत्युको भय आउँछ ! !
भयलाई लकडाउन गर्न सकिन !
म चाहिँ लकडाउनमा छु !!

६ बैशाख २०७७,काठमाडौं/रमेश उप्रेती


ताजा खबर