किन ?

डा. अजय पराजुली

सधैं भरको शान्त ऒठ, आज खोलौं लाग्छ किन ?
कुरा गरि मनको भाव, पोखौं जस्तो लाग्छ किन ?

अँगालोमा बाँधी तिम्लाई, पिडा फुकाउँ लाग्छ किन ?
तिमी टाढा हुँदा खेरि, बेदनाले पोल्छ किन ?

च्वास्स मुटु दुख्दा पनि, मुस्कान छरौं लाग्छ किन ?
छाती भरि पिडा बोकी, फेरि हाँस्छु आज किन ?

चौतर्फीको कोलाहल, आज शुन्य लाग्छ किन ?
मौनतामा तर तिम्रो, प्रेम भाव सुन्छु किन ?

टाढा जाउ भन्दा पनि, बेदना चाहिं आउँछे किन ?
जतन गर्छु भन्दा पनि, आज खुशी भाग्छे किन ?

 डाक्टर पराजुली काठमाडौँस्थित ब्लुक्रस अस्पताल  तथा नेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरमामा कार्यरत हुनुहुन्छ … 


ताजा खबर