‘सत्ता’ : रमेश उप्रेती

ए चरिराज बाज
तिमी चन्द्रमा र मंगल मा 
उडेर कहिले पुगेका छौ र
म त पुगे
माथि बाट धर्ति हेरे
अब निर्माण सामग्री लगेर
सुन्दर घर बनाउने छु त्यहाँ
ए जंगली जनावर हरु
तिमी जंगल लाई आफ्नो भन्थियौ
मैले तिम्रो जंगल मा
बाटो घाटो महल बनाए
तिमी हरु हराउदै गयौ
ए पहाड तिमी आफु लाई
अविचल छु भन्थियौ
मैले पहाड लाई मैदान बनाए
मैदान लाई पहाड बनाए
किन हो हल्ला भो,
कोलाहल भो
मृत्यू चलमलायो
म हराए
साघुरो घेरामा हराए
म घरमा थिए
बाज आएर कानमा सुटुक भन्यो
ए मान्छे तिमि कैदमा
जनावर आएर सम्बोधन गरे घर को आगनमा
तिमि मान्छेखाना मा छौ भनेर हेर्न आएको
पहाड आएर भन्यो तिमि ले बनाएको मैदानमा
मेरो धरा बाट निस्केको नदी पहाड बनाइदियो
तिमि ले बनाएको पहाडलाई मैदान बनाइदियो
तिमि आक्रमण गर्छौ
तिमि अनाचार गर्छौ
तिमि मैमत्तो मा छौ
तिमि प्रकृति को भेद
तिमि प्रकृति को महिमालाई
नजरअन्दाज गर्दछौ
त्यसैले प्रकृति को अदालतले
आज फैसला गरेको छ
तिमि ले निर्माण गरेको रैनबसेरा मा
तिमि लाई कैद गर्ने भनेर
साथै कैद बाट भाग्यो भने
मृत्यूदण्ड मृत्यूदण्ड
यो फैसला को प्रभाव केही समय लागि
फेरी पुन सचेत गराएको छ
जीवन र जगत लाई बुझ भनेर
आफु लाई टाठो बाठो भन्थियो
अब पनि सोचदैनौ मान्छे
अब पनि आत्मचिन्तन गर्दैनौ मान्छे
येदि गर्यौ भने प्रकृति दिवस मा
तिमि मुक्त भएको घोषाणा गरिने छ
अन्यथा तिम्रो बिनास तिमिनै जान
तिमि सत्ता होइनौ
प्रकृति नै सत्ता हो


ताजा खबर