मान्छे अति जान्ने भएरनै यस्तो भो !

पवन कुमार बुढाथाेकी

हेर्दाहेर्दै बाहिरै निस्कन नहुने नै भो
मान्छे अति जान्ने भएरनै यस्तो भो !
बिकासको नाममा बिनास गर्न थाले
सबै प्राणीलाई ठाँउ नदि स्थिति भाँडे !

ठुला ठुला महल मात्र बिकास हैन
त्यहाँ सबैलाई सुहाउने ठाँउनै छैन
सुक्ष्म जिवले खाने बस्ने ठाउँ पाएन
मान्छे भित्र नछिरी कुनै धर लाएन !

हे मान्छे तिम्रा दिमागका सदुपयोग गर्देउ
तिम्लाइ जस्तै सबैलाई बस्ने खाने घर देउ
ठाउँ पाएपछि आफ्ना बाटा लागिहाल्छ्न
मान्छेभित्र पस्न र दुख:दिन त छाडिहाल्छ्न !


ताजा खबर