‘डाक्टरको हिसाब’ : डा.अजय पराजुली

कति सजिलै सोध्छन् के नै दियौ र तिमीले सेवा त पैसाले पाएँ
दिन त सायद केहि सकेको छैन तर मैले आज सबै गुमाँए

गुमाँए मैले त्यो बालापन उमेर जति कापि कलम मै गयो
धेरै मिहिनेत पछि बल्ल फलानो आज डाक्टर फलानो भयो

सोच्छ मान्छे बाँचे भगवानको कृपाले म बाट हत्या मात्र भयो
लाग्दो रैनछ कोही डाक्टरको जब बिलिन हुने दिन आयो

मारें म भित्र पलाएका इक्षा र ती आकांक्षाहरू
रेट्दै आँए हरेक दिन कति रहर अनि प्रहरहरू …. !!

अध्ययनमा नै गयो जीवन समय बितेको त केही पत्तै पाईन
गुमाएँ सबै आफन्तहरू भन्छन् ठूलो भयो र त आउँदै आईन

छोरी पिडाले छट्पटाईरहँदा पनि दौडिरहें तिम्रो दु:ख कम गर्न
निको भएपछि बौल्दै हिंड्यौ पैसा पाएपछि आउँछन् यिनी मर्न

त्यही पैसा दोब्बर दिन्छु म आज आउ नभैकन तिमी निराश
भोको पेट घर छोडि आउ हेर राेगले बनाउँछ कसरी लाश

आज कोरोनाले ग्रस्त छ विश्व जीवन हत्केलामा राखि हिँड्दै छु
काखको सन्तान एक्लो छोडि एकान्तबास वाट भाव पोख्दै छु

ज्यानको बाजी थापी म त हेर महामारी विरुद्ध लड्दै छु
शहीद हुन डर छैन आज तर चिसो मन लिई भिड्दै छु

लैजाउ तिमी मेरा सारा पैसा ल्याईदेउ मेरा ती बालापन
मिलाई देउ टाढिएका परिवार अनि मेरा सबै आफन्तजन

लैजाउ पैसा मेटाईदेउ रहर अनि मेरा सारा एक्लोपन
पारिदेउ निको पैसाले आज दुखेको मेरो स्वच्छ मन !!

डाक्टर पराजुली काठमाडौँस्थित ब्लुक्रस अस्पताल  तथा नेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरमामा कार्यरत हुनुहुन्छ …


ताजा खबर