नववर्षको शुभकामना : बसन्त चौधरी

वैरभाव सब नास हुन

विस्तार पाओस प्रेमले

सुख र समृद्दीले पाउ टेकुन

मुस्कान हाँसोस ओठले !

 

आँखा-आँखामा सपना बाँचोस

जीवन सबैको उत्त्सवमय बनोस

तिता मीठा सम्झनाको आँगन पारी

जीवन संगीतमय, प्रेममय बनोस !

 

नववर्षको हार्दिक शुभकामना !!

(प्रतिष्ठित उद्योगपति बसन्त चौधरी लोकप्रिय कवि, लेखक तथा सामाजिक अभियन्ता पनि हुनुहुन्छ ।) 


ताजा खबर