अन्तरिक्षमा पहिलो चोटी चकलेट कुकिज पाक्यो (भिडियो सहित )

कुकिज अन्तरिक्ष मा बेक हुने पहिलो बेक खाना भएको छ । कुनै पनि कुकिज बनाउन प्रयोग हुने कच्चा पदार्थ बाट नै अन्तरिक्ष यात्रीहरुले कुकिज तयार गरेका छन । उनिहरुले चकलेट कुकिज बनएका छन ।

उक्त कुकिज तयार गर्न भने पृथ्विमा लाग्ने भन्दा बढी समय लागेको छ । अन्तर्राष्ट्रिय अन्तरिक्षयानमा अन्तरिक्ष यात्रीहरुले दुइ घन्टा लगाए जबकी पृथ्विमा सोही कुकिज तयार गर्न २० मिनेट लाग्छ ।

यसरी तयार भएको कुकिज अहिलेसम्म कसैले खान भने पाएको छैन किनभने ति कुकिजहरु पाकिसकेपछी व्यक्तिगत विशेष शिलबन्द प्याकमा बन्द गरेर अन्तरिक्ष यात्राको लागी राखिएको थियो ।

यसरी बनेका कुकिजलाई स्पेस एक्सको क्याप्सुल्मा पृथ्विमा ल्याइएको छ र ह्युस्टन, टेक्सास नजिकको प्रयोगशालामा चिस्यानमा राखिएको छ।

नासाको नजिकै पर्ने न्यनो र्याक्क्स नामक कम्पनिले ओवन तैयार गरेको थियो भने इटालियन अन्तरिक्ष यात्री लुका परमितानोले कुकिज बेक गरेका थिए ।

पहिलो कुकी ओभनमा २५ मिनट ३०० डिग्री सेल्सियस मा पकाइएको थियो जुन एकदमै काँचो थियो । त्यसपछीका २ कुकिजलाई उनले पहिले लागेको समय भन्दा २ गुना समय लगाएर पकाए । त्यस्को नतिजा ठिकै निस्कियो । चौथोलाई उनले २ घण्टा पकाए र त्यस्को नतिजा उत्कृष्ठ आयो ।


ताजा खबर