जेनजी मिराज ढुंगानाको समूह सिंहदरबार गेटबाट लखेटियो

सिंहदरबारको दक्षिण गेटमा विहीबार साँझ धर्ना दिन पुगेको ढुंगाना नेतृत्वको समूह सरकार र जेनजीबीच भएको सहमतिको विरोध गर्न विरोध प्रदर्शनमा उत्रिएको थियो। 

प्रहरीले जेनजी अगुवा मिराज ढुंगानाको समूहलाई सिंहदरबार गेटबाट हटाएको छ।

ढुंगाना नेतृत्वको समूह विहीबार साँझ सिंहदरबारको दक्षिण गेटमा धर्ना दिन पुगेको थियो। उक्त समूहले बुधबार सरकार र जेनजीबीच भएको सहमतिको विरोध गर्न विरोध प्रदर्शनमा उत्रिएको थियो।

प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शनमा उत्रिएको सो समूहलाई सिंहदरबारबाट हटाएको हो । उनीहरुलाई प्रहरीले निषेधित क्षेत्र घोषित सिंहदरबारको गेटबाट हटाए पनि कसैलाई पक्राउ भने गरेको छैन।


ताजा खबर