एक तोला सुनको मूल्य दुई लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मोल चार हजार ५५ निर्धारण भएको छ।
सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ। मङ्गलबारको तुलनामा आज सुन तोलामा ७ सय र त्यति नै परिमाणको चाँदी १७० ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य दुई लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मोल चार हजार ५५ निर्धारण भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३३० र त्यति नै परिमाणको चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ। रासस





















