मन्थलीमा नेवारी परम्परासँग जोडिएको लाखे नाच शुरु

रामेछापको मन्थलीमा नेवारी समुदायको संस्कार र परम्परासँग जोडिएको लाखे नाच  शुरु भएको छ ।

मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् ।

नेवारी संस्कार र परम्परासँग जोडिएको लाखे नाच नागपञ्चमीदेखी शुरु भएर कृष्ण अष्टमीमा समापन गर्ने चलन रहेको नेवाः देय दबु रामेछापका अध्यक्ष शेखरमान श्रेष्ठले बताउनु भयो ।

नेवारी समुदायको पहिचाहनको रुपमा रहेको लाखे नाच दुष्ट आत्मालाई भगाउने र देवीदेवताहरुलाई खुशी पार्ने धार्मिक मान्यताका आधारमा निकालिने गरिएको नेवारी समुादायका अगुवा डा. सुमन कर्माचार्यले बताउनु भयो ।

रामेछाप जिल्लाको नेवारी समुदायको बाक्लो बस्ति भएका क्षेत्रमा मंगलबारबाट लाखे नाच शुरु गरिएको छ । जिल्लाको भंगेरी, चिसापानी, ठोसे, साँघुटार लगायतका नेवारहरुको बाक्लो बस्ति भएको ठाउँमा लाखे नाच शुरु गरिएको स्थानीयहरुले बताएका छन् । रासस


ताजा खबर