उपभोक्ता अदालतको फैसलाविरुद्ध चिकित्सक सडकमा

चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा उपभोक्ता अदालतको फैसलामा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले घोषणा गरेको चरणबद्ध आन्दोलनका क्रममा काठमाडौं उपत्यकामा रहेका डाक्टरहरु सडकमा आएका छन्।

 

चिकित्सक संघको आह्वानमा आज बिहान माइतीघरमा उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु भेला भएर विरोध प्रदर्शनसँगै र्‍याली र विरोध सभा  गरेका छन् ।

चिकित्सकहरुले ‘सम्पूर्ण चिकित्साकर्मी एक हौं’ ।  ‘उपचोक्ता ऐन संसोधन गर’ ।  भन्ने नारा लगाएर र्‍याली गरेका थिए ।

संघको आह्वानमा सोमबारदेखि देशभरका अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा बन्द हुँदा  बिरामीहरुले भने सास्ती खेप्नु परेको छ। यसकालागि चिकित्सक संघ नेतृत्वले क्षमा याचना गरेको छ ।


ताजा खबर