सिन्धुलीगढीमा पृथ्वीनारायण शाहको शालिक स्थापना गरिने

तत्कालिन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानलाई बाधा पुग्ने गरि नेपाल कब्जा गर्न आएका इष्टइण्डीया कम्पनीका सेनालाई पराजीत गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीमा आगामी पुस २७ गते पृथ्वी जयन्तीको अवसर पारेर तत्कालीन युद्धनायकको रुपमा पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक स्थापना गरिने भएको छ ।

विसं १८२४ मा भएको युद्धमा पृथ्वीनारायण शाहाको प्रभावमा रहेको मकवानपुर राज्य अन्र्तगत पर्ने सिन्धुलीगढीमा भएको युद्धमा नेपाली फौजले विजय हासिल गर्दै अङ्ग्रेजहरुलाई फर्काएपछि नेपाल एकिकरण अभियान सहज भएको र नेपालको अस्थित्व सुरक्षित भएको मानिन्छ । त्यसैले सिन्धुलीगढीमा पृथ्वीनारयाण शाहाको शालिक स्थापना गर्न लागिएको हो । शालिक स्थापनाका लागि सम्पूर्ण तयारी पूरा भईसकेको र राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसर पारेर सालिक स्थापना गर्न लागिएको कमलामाई नरपालिकाका प्रमुख खड्ग खत्रीले बताउनु भयो ।

आदिवासि जनजाती पत्रकार महासंघ (फोनिज) को सिन्धुलीगढीमा सम्पन्न ऐतिहासिक भेलालाई सम्बोधन गर्दै नगर प्रमुख खत्रीले अगामी पुस २७ गते सालिक स्थापना गरिने घोषण गर्नु भएको हो । सिन्धुलीगढीमा तत्कालिन युद्ध कमाण्डर बंसु गुरुङ, श्रीहर्ष पन्त लगायतका योद्धाहरुको समेत शालिक स्थापना गर्न काम भईरहेको मेयर खत्रीले उक्त अवसरमा जानकारी गराउनु भएको थियो । हाल सिन्धुलीगढी पुननिर्माण अन्र्तगत विभिन्न भौतिक संरचना निर्माणको कामहरु भईरहेको छ ।

सफल नेपाल,सिन्धुली


ताजा खबर