सरकार अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा काम गर्दैछ: काङ्ग्रेस नेता गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा काम गरिरहेको आरोप लगाउनुभएको छ । आइतबार काठमाडौमा आयोजित एक कार्यक्रममा उहाले सरकारका समर्थकले अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्नेमाथि दिनदहाडै जाइलाग्नु गम्भीर घटना भएको बताउनुभयो ।

सरकार कानुन बनाएर स्वतन्त्रता खोस्न लागेको समेत उहाले बताउनुभयो । नेता थापाले सरकारले बहुमतको दुरुपयोग गर्दै आफु अनुकलुको कानून बनाउन खोजेको धारणा राख्नुभयो । त्यस्तै उहाले आफुले जनतासंग गरेका प्रतिवद्धता पुरा गरेरै छाड्ने प्रतिवद्धता पनि जनाउनुभयो ।


ताजा खबर