शक्तिशाली हिमआँधीका कारण अमेरिका र क्यानडाका केही भागहरु बरफमय भएका छन् । अत्यधिक चिसो र हिमपातका कारण कयौं उडानहरु नै प्रभावित भएका छन् ।
क्रिसमस र नयाँबर्षको विदा मनाउनेहरुको घुइँचो लागेका बेला मौसमी प्रतिकुलताले उडान तालिकामा असर गरेको हो । हिमपात र अत्यधिक चिसोका कारण अमेरिकाभर १० करोड भन्दा बढी मानिसहरूलाई सुरक्षाका लागि सचेत गराइएको छ ।
:format(webp)/https://www.thestar.com/content/dam/thestar/news/canada/2022/12/21/wintry-woes-put-canadian-holiday-travel-on-ice-as-airports-brace-for-another-blast/2022122022124-63a277a9540f8161aec93123jpeg.jpg)
चिसोकै कारण यस सप्ताहन्तमा विदा मनाउनेहरुलाई असर गर्ने अनुमान गरिएको छ । हिम आँधीको त्रासले अमेरिकाका प्रमुख विमानस्थलहरुले उडान रद्द गरिसकेका छन् ।
यस वर्षको क्रिसमस विगत ४० वर्षयताकै सबैभन्दा चिसो क्रिसमस हुने अनुमान मौसम पूर्वानुमानकर्ताहरुले गरेका छन् । राष्ट्रिय मौसम सेवाका अनुसार की भागहरुमा यो साताको अन्त्यसम्ममा तापक्रम माइनस ४५ डिग्री सेन्टिग्रेड देखि माइनस ६५ डिग्री सेन्टिग्रेड पुग्ने अनुमान गरिएको छ । सिन्ह्वा





















