आप्रवासीहरूको संरक्षणका लागि राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले आप्रवासीहरूको संरक्षण र सम्मानका लागि आग्रह गर्नुभएको छ । उहाँले विश्वमा आप्रवासीहरूको संरक्षण र सम्मानका लागि कुनै कार्यक्रमहरू नभएको देखिएकाले सो आग्रह गर्नुभएको बताउनुभएको हो ।

विश्वमा अर्थतन्त्रको विकासका लागि आप्रवासीहरूको ठूलो योगदान रहेकाले यसको सम्मान गर्दै विश्वमा आप्रवासीहरूलाई विना कुनै भेदभाव सम्मान गर्नुपर्ने र उनीहरूको संरक्षणको खाँचो रहेको महासचिव गुटरेसले बताउनुभएको हो ।

विश्व आप्रवासन दिवसका अवसरमा उहाँले जारी गरेको सन्देशमा सो कुरा बताउनुभएको हो । उहाँले विश्वमा पछिल्ला वर्षहरूमा कुनै पनि देशको आन्तरिक द्वन्द्व तथा विविध कारणले आप्रवासीहरूको सङ्ख्यामा पनि वृद्धि भइरहेको जानकारी दिनुभयो ।

विश्वमा कोरोना महामारीका कारण देखिएको समस्याले आर्थिक मन्दी ल्याएको र यसबाट काम गरेर खाने वर्गका आप्रवासीहरूमा पनि समस्या उत्पन्न भएको भन्दै अहिले विश्वका आप्रवासीहरूको समस्या समाधानका लागि सबै पक्ष लाग्नुपर्ने पनि बताउनुभयो ।

विश्वमा पछिल्ला वर्षहरूमा कुनै पनि देशको आन्तरिक द्वन्द्व तथा विविध कारणले आप्रवासीहरू देश छोडेर भाग्नुपर्ने अवस्था आएको र उनीहरू यस अर्को देशमा जाने क्रममा असुरक्षित यात्रा गर्न बाध्य भएकाले उनीहरूको सुरक्षाका लागि लाग्न पनि विश्वका देशहरूलाई आग्रह गर्नुभएको हो ।

उहाँले मानवीय सहायताका क्षेत्रमा काम गर्न र उनीहरूका हक अधिकारका लागि पनि सचेत रहन विश्वमा आप्रवासीहरू रहेका देशका सरकारहरूसँग आग्रह गर्नुभएको हो । रासस/सिन्ह्वा


ताजा खबर