‘मानवताका लागि सङ्गीत’ नारा सहित मेची–काली ‘नेपथ्य लाइभ कन्सर्ट’

मानवता प्रवर्धनका लागि नेपथ्य साङ्गीतिक समूहले एकमहिने मेची–काली सङ्गीत यात्रा गर्ने भएको छ ।

‘मानवताका लागि सङ्गीत’ भन्ने नाराका साथ आयोजना हुन गइरहेको ‘नेपथ्य लाइभ कन्सर्ट’मा समूहले नेपालका मुख्य १० सहरमा साङ्गीतिक प्रस्तुति दिने जनाएको छ ।

साङ्गीतिक यात्रा मङ्सिर १६ गते विराटनगरबाट  समुद्घाटन गर्ने गरी अन्तिम तयारी चलिरहेको आयोजकले जनाएको छ ।

एकमहिने यात्रा पुस १६ गते काठमाडौँमा साङ्गीतिक कार्यक्रम गरेर सम्पन्न हुनेछ ।


ताजा खबर