जङ्गलमा कतै बच्चालाई छाडेर सिंह टाढातिर सिकार गर्न गयाे। उनीहरू अबेरसम्म नफर्किएपछि तिनका बच्चाहरू भोकले छटपटाउन थाले।
त्यसैबेला एउटा माउ बाख्रा चर्दै त्यहीँ आइपुग्यो । उसले सिंहका ती बच्चालाई आफ्नो दूध खुवाइदियो । दूध खान पाएपछि सिंहका बच्चाहरू रमाउँदै खेल्न थाले । निकै ढिला गरी सिंहहरू बच्चा भएको ठाउँमा आइपुगे ।
जब माउ बाख्रालाई देखेर रातो आँखा पार्दै सिंहले आक्रमण गर्न खोज्यो, तब उसको बच्चाहरूले भने, “उहाँले हामीलाई आफ्नो दूध खुवाएर धेरै ठूलो गुन लगाउनुभएको छ, अन्यथा हामी यतिबेलासम्म मरिसकेका हुन्थ्यौँ।” आफ्ना बच्चाको कुरा सुनेर सिंह खुसी हुँदै भन्यो, “हामी तिम्रो गुन कहिल्यै बिर्सिदैनौँ, स्वतन्त्र ढङ्गले याे जङ्गलमा घुमफिर गर ।” त्यो दिनदेखि बाख्रा जङ्गलमा निडर भएर चर्न थाल्यो ।
![47+] Lion and Lamb Wallpaper on WallpaperSafari](https://cdn.wallpapersafari.com/58/1/ZMAhDd.jpg)
यतिसम्मकी उनीहरूका बिच सिंहको ढाडमा चढेर डालेघाँस खानेसम्मको मित्रता हुन थाल्यो। यस्तो दृश्य देखेर चीलले बाख्रालाई सोध्यो । उसले गुनको महत्त्व थाहा पायो ।
चीलले पनि यस्तै प्रयोग गर्ने सोच्यो । उसले दलदलमा फसेका मुसाका बच्चालाई दुई खुट्टाले समातेर सुरक्षित स्थानमा पुर्यायो ।
उसले चिसोले काम्दै गरेका मुसाका बच्चालाई आफ्नो पखेटाभित्र न्यानो दिएर राख्यो । मुसाका बच्चा खतरामुक्त भएपछि जब चील उड्न लाग्यो, तब ऊ छक्क पर्यो, उ त उड्नै सकेन, किनभने त्यतिबेलासम्म मुसाका बच्चाहरूले उसको पखेटा टुक्राटुक्रा पारेर काटिसकेका थिए ।
यो कुरा चीलले उही माउ बाख्रालाई सुनायो, “तिमीले पनि गुन लगायौ, मैले पनि गुन लगाएँ तर यो नतिजा किन फरक फरक ?”
माउ बाख्राले गम्भीरतापूर्वक भन्यो, “मुसाहरू कायर हुन्छन् । कायरले गुन सम्झिँदैनन । उसले गुन बिर्सनुलाई बहादुरी ठान्छ । सिंह बहादुर थियो । त्यसैले उसले गुन बिर्सिएन ।
गुन मुसालाई होइन, सिंहलाई लगाउनुपर्छ । गुन कायरलाई हाेइन, बहादुरलाई लगाउनुपर्छ । ”


















