नेपालका बुटिक र डिलक्स होटलको पनि ‘स्टार’ निर्धारण

नेपाल सरकारले बुटिक र डिलक्स होटललाई समेत  ‘स्टार’ होटलको मान्यता दिने भएको छ ।

सस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागले बुटिक र डिलक्स होटलको वर्गीकरण गरी ‘स्टार’ स्तरको होटलका लागि सङ्केत चिन्ह निर्धारण गरेको हो । यसअघि विभागले सुविधासम्पन्न  होटललाई मात्र स्टारमा वर्गीकरण गरेको थियो । साथै डिलक्स र बुटिक होटलको स्पष्ट मापदण्ड थिएन ।

No photo description available.

विभागले सबैस्तरका रिसोर्ट, ‘स्टार’ स्तरका होटल तथा सबैस्तरका बुटिक होटलका सम्बन्धमा सङ्केत चिन्हको रुपमा ‘स्टार’ चिन्ह निर्धारण गरेको छ । होटल एशोसिएसन अफ नेपाल हान का प्रथम उपाध्यक्ष विनायक शाहले ‘स्टार’  होटलसम्बन्धी नयाँ मापदण्डले होटलको स्तरीकरणका साथै होटलको सेवा सहज ढङ्गले प्राप्त गर्न ग्राहकलाई पनि सहज हुने जानकारी दिए ।

May be an image of furniture and bedroom

May be an image of sofa and living room

May be an image of outdoorsविभागका अनुसार सबै तहका होटल तथा रिर्सोटले आफ्नो पहिचान दिने सङ्केत चिन्ह अनुसारको साइनबोर्ड होटलको गेटमै राख्नु पर्नेछ । यसबाहेक हानसँग सम्बन्धित संघ संस्थामध्ये आफु कुन सङ्घमा आवद्ध भएको हो, आवद्धता रहेको सङ्घको समेत चिन्ह बोर्डमै राख्नुपर्ने गरी विभागबाट निर्णय भएको छ ।

No photo description available.

वर्गीकरण अनुसार वान स्टार देखि फाइभ स्टार होटलको सङ्केत चिन्ह क्रमशः वान स्टार देखि फाइभ स्टारसम्म हुनेछ भने फाइभ स्टार डिलक्स होटलका लागि फाइभ स्टार र डिलक्क शब्द राख्नु पर्नेछ । त्यस्तै साधारण हेरिटेज बुटिक होटलको न्यूनतम स्तर थ्री स्टार हुनेछ । जसको सङ्केत चिन्हमा ‘थ्री स्टार र स्टाण्डर्ड हेरिटेज’ भन्ने शब्द राख्नुपर्नेछ ।

डिलक्स हेरिटेज बुटिक होटलका लागि ‘फोर स्टार र डिलक्ज हेरिटेज बुटिक’ शब्दले सङ्केत गरिने भएको छ । लक्जरी हेरिटेज बुटिक होेटलका लागि ‘फाइभ स्टार र लक्जरी हेरिटेज बुटिक’ शब्द राखिने भएको छ । रिर्सोटतर्फ साधारण रिर्सोटले थ्री स्टार स्तरको मान्यता पाएको छ ।

 


ताजा खबर