एन्फाको बन्द प्रशिक्षणमा थप १७ खेलाडी बोलाइए

अखिल नेपाल फूटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणका लागि थप १७ खेलाडीलाई बोलाएको छ।

राष्ट्रिय टोलीका १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अन्य १७ खेलाडीलाई बोलाएका हुन्। प्रशिक्षक अल्मुताइरीसँगको विवादपछि विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी, सुमन लामा, रोहित चन्द, सुजल श्रेष्ठ, तेज तामाङ र विशाल राईले बन्द प्रशिक्षण छाडेका थिए।

उनीहरूलाई बेवास्ता गर्दै प्रशिक्षक अल्मुताइरीले अन्य खेलाडीलाई थपेका छन्। थपिएका १७ खेलाडीमा गोलकिपरहरू विकेश कुथू, विशाल सुनार र अभिषेक बराल छन्।

त्यस्तै आकाश बुढा मगर, आशिष चौधरी, विकास तामाङ, जर्जप्रिन्स कार्की, मनीष जर्घामगर, निरकुमार राई, राजन गुरुङ, रोशन राना मगर, रूपबहादुर लामा, सञ्जोक राई, सेसेहाङ आङदेम्बे, शिव गुरुङ, सुनील श्रेष्ठ र सुशील राई छन्।

बन्द प्रशिक्षणका क्रममा खेलाडीले खाना राम्रो नभएको गुनासो गरेपछि प्रशिक्षक अल्मुताइरीसँग बिबाद भएको थियो। जसले गर्दा राष्ट्रिय टोलीका १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए। –रासस


ताजा खबर