एभरेष्ट बैंकको भक्तपुर र काठमाडौंमा दुई शाखा थप

एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठूलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुविधाहरु उपलब्ध गराउनका लागि भक्तपुरको थिमी र काठमाडौंको काँडाघारीमा आफ्नो नयाँ शाखाहरु संचालनमा ल्याएको छ ।

थिमी शाखाको उद्घाटन एभरेष्ट बैंकका सञ्चालक नबीन भक्त श्रेष्ठ र थिमी नगरपालिकाका, मेयर मदन सुन्दर श्रेष्ठले संयुक्त रुपमा गरेका छन् । त्यसैगरी,काँडाघारी शाखाको उद्घाटन बैंकका सञ्चालक नबीन भक्त श्रेष्ठ र कागेश्वरी मनहरानगरपालिकाका, मेयर कृष्णहरि थापाले संयुक्त रुपमा गरेका छन्।

बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष कुमार भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

देशैभरि छरिएर रहेको आफ्नो ११२ शाखा संजाल, प्रादेशिक कार्यालय , १४५ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइलर इन्टरनेटर एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।


ताजा खबर