आजदेखी आन्तरिक उडानको भाडादर पनि बढ्यो

आन्तरिक उडानमा ९० रुपैयाँदेखि ५४० रुपैयासम्म भाडा वृद्धि

हवाई इन्धनको मूल्य बढेपछि निजी क्षेत्रका वायुसेवा कम्पनीहरूले आन्तरिक उडानको भाडादर वृद्धि गरेका छन्। 

निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपाल (एओएएन) ले आन्तरिक उडानमा ९० रुपैयाँदेखि ५४० रुपैयासम्म भाडा बढाएको हो।

आइतबारदेखि लागू हुने गरी बढाइएको भाडादरअनुसार सबैभन्दा बढी  विराटनगर–नेपालगन्जका लागि (५४० रुपैयाँ) सबैभन्दा कम काठमाडौ–सिमरा (९० रुपैयाँ) का लागि भाडा थप गरिएको हो।   

यस्तै काठमाडौं–धनगढीको ४४५ रुपैयाँ, काठमाडौं–भद्रपुर ३०० रुपैयाँ, काठमाडौं–सुर्खेत ३४५ र काठमाडौं–नेपालगन्को ३३० रुपैयाँ भाडा बढाइएको छ।

नेपाल आयल निगमले गत बिहीबार पेट्रोल–डिजेल र मट्टीतेलसँगै हवाई इन्धनको पनि मूल्य वृद्धि गरेपछि निजी उडान कम्पनीहरूले भाडा बढाएका हुन्।

नयाँ भाडादर यस्तो छः


ताजा खबर