प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय ससदको सचिवालयले बैठकको कार्यसूची सार्वजनिक गरेको छ। संघीय संसदका महासचिव डा. भरतराज गौतमले बुधबारको प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गर्नुभएको हो।
बुधबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सूचना आयोगका वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ।
महासचिव डा. गौतमका अनुसार दोस्रो कार्यसूचीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले दुई वटा प्रस्ताव पेश गर्नुहुनेछ।
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस’ भन्ने प्रस्ताव र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव मन्त्री आलेले प्रस्तुत गर्नुहुने कार्यसूचीमा उल्लेख छ।

Share
Share
Tweet
Share


















