नेपालले मैत्रीपूर्ण फूटबल प्रतियोगितामा मरिससलाई पराजित गरेको छ।
दशरथ रङ्गशालामा शनिबार भएको खेलमा नेपाल १–० गोल अन्तरले विजयी भएको हो। नेपालका लागि विमल घर्तीमगरले ५५औं मिनेटमा निर्णायक गोल गरेका थिए।

विमलले अञ्जन विष्टको पासमा गोल गरेका थिए । प्रतिवन्ध र चोटका कारण विमल २६ महिना राष्ट्रिय टिम बाहिर थिए । राष्ट्रिय टिममा फर्केका विमलले पुनरागमन गरेको पहिलो खेलमै आज गोल गरेका हुन् ।
सन् २०१९ नोभेम्बरमा म्यानमार विरुद्ध पछिल्लो पटक राष्ट्रिय टिममा खेलेका विमल प्रतिवन्ध र चोटका कारण दुई वर्ष राष्ट्रिय टिमबाहिर रहेका थिए ।
#NepalVsMauritius #FriendlyMatch2022 #Football




















