प्रधान सेनापति शर्मा भारत भ्रमणमा जानु हुँदै

मित्रराष्ट्र भारतका सेनाध्यक्ष एम एम नरवणेको औपचारिक निमन्त्रणामा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले यही २०७८ कात्तिक २३ गते देखी कात्तिक २६ गतेसम्म भारतको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको दौरान उहाँलाई भारतका महामहिम राष्ट्रपतिबाट मानार्थ महारथीको दर्जाबाट सम्मानित गर्नु हुने कार्यक्रम रहेको छ भने उहाँले त्यसै अवसरमा आफ्ना समकक्षी जनरल नरवणे लगायत भारतीय सेनाका विभिन्न उच्च पदाधिकारीहरुसंग पनि भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्मालाई भारत भ्रमण गर्न स्वीकृत समेत प्रदान गरेको थियो ।


ताजा खबर