नेपाली छात्र पाठक भारतमा वेद बिषयमा सर्बोत्कृष्ट

२० बर्षका नेपाली छात्र संगम पाठकले भारतमा वेद विषयमा उत्कृष्ट अंक हाँसिल गरी स्वर्ण पदक प्राप्त गरेका छन् ।

स्नातक तहको अध्ययनका लागि भारत पुगेका उनले भारतको वेदा आगामा संस्कृत पाठशाला श्री श्री गुरुकुलम बाट बेद विषयमा सर्वाधिक अंक प्राप्त गरेका हुन् ।

विद्यालय तह नेपालमा नै सकेर उच्च शिक्षाका लागि भारत गएका नुवाकोटका स्थाई वासिन्दा पाठक केहि बर्ष अधि उच्च शिक्षाकालागि भारत गएका थिए ।

विद्यालय तह देखिनै अत्यन्त मेहनती र जेहेन्दार छात्रका रुपमा चिनिएका पाठकले आफ्नो परिश्रमका माध्यमबाट देशको नाम समेत उच्च बनाएका छन् ।

उनको वेद विषयको अध्ययनले र उनले हाँसिल गरेको ज्ञानको माध्यमबाट अरुलाई सनातन हिन्दू धर्म र संस्कृतिवारे युवाहरुलाई सरल रुपमा बुझाएर सनातन धर्म परम्परा जोगाउन प्रेरित गर्ने छ ।


ताजा खबर