थप १ हजार ६ सय ६४ जनामा कोरोना सङ्क्रमण

कोरोना भाइरसबाट आज थप १ हजार ६ सय ६४ जना संक्रमित भएका छन् । 


आज ९ हजार १ सय १७ नमुनाको पिसिआर परीक्षण गर्दा १ हजार ५ सय २३ जना तथा ३ हजार १ सय ५ नमुनाको एन्टिजेन परीक्षण गर्दा १ सय ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


यस्तै कोरोना भाइरसबाट आज थप १ हजार ७ सय ८६ जना सङ्क्रमणमुक्त भएका छन् । हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९३ दशमलव ९ प्रतिशत रहेको छ भने ३५ हजार ५ सय ९१ जना सक्रिय संक्रमित रहेका छन् । 


सक्रिय संक्रमित मध्ये ३३ हजार २ सय १४ होम आइसोलेसनमा तथा २ हजार ३ सय ७७ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसनमा रहेका छन् । 


यसैगरी आज थप २० जनाको कोरोनाका कारण मृत्यु भएपछि हालसम्म मृत्यु हुनेको कुल सङ्ख्या १० हजार ७ सय ५० पुगेको छ । 


यस्तै आज थप ८५ हजार १ सय २८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यो सँगै हाल सम्म करिब ४४ लाख ६० हजारले खोपको पूर्ण मात्रा प्राप्त गरेका छन् । करिब ५३ लाख ४० हजारले खोपको पहिलो मात्रा प्राप्त गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


ताजा खबर