देशभर थप १ हजार ८ सय ५७ जनामा कोरोना पुष्टि

सङ्क्रमणका कारण थप २७ जनाको मृत्यु, २ हजार २ सय २२ जना निको

देशभर आज थप १ हजार ८ सय ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

९ हजार ४ सय ९ नमुनाको पिसिआर परीक्षण गर्दा १ हजार ५ सय १६ जना र ३ हजार ७ सय ६७ नमुनाको एन्टीजेन परीक्षण गर्दा ३ सय ४१ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमणबाट आज २ हजार २ सय २२ जना निको भएका छन् ।  हालसम्म संक्रमित मध्ये ७ लाख १० हजार ४ सय ५२ जना निको भइसकेका छन् । 

सङ्क्रमणका कारण आज थप २७ जनाको मृत्यु भएको छ । 

नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार ६ सय ९० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

No photo description available.

ताजा खबर