कुमारी बैंकको खुद नाफा ७२.७४ प्रतिशतले बढ्यो

कुमारी बैंकले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

बैंकले यस त्रैमासमा २ अर्ब खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब १५ करोड आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा ७२.७४ प्रतिशतले बृद्धि भएको छ ।

बैंकले १ खर्ब ४८ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ३७ अर्ब कर्जा विस्तार गरेको छ । तुलनाको अवधीमा निक्षेप २७.५८ प्रतिशतले बृद्धि हुँदा कर्जा विस्तार २४.६४ प्रतिशले बृद्धि भएको छ ।

बैंकको खुद व्याज आम्दानी ५ अर्ब २३ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ५७ करोड रहेको थियो ।

कम्पनीको खुद व्याज आम्दानी बढेसँगै ट्रेडिङ्ग आय, अन्य संचालन आय, गैर संचालन आम्दानी बृद्धि हुँदा नाफा बढेको हो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा १ अर्ब ९ करोड रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १३ अर्ब ८७ करोड रहेको छ । जगेडा कोषमा ३ अर्ब ८८ करोड छ भने कम्पनीको संचित नाफा १ अर्ब १४ करोड रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १४.४२ रहेको छ भने नेटवर्थ रु १३६.८९ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात २५.७२ गुणा रहेको छ ।


ताजा खबर