प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ को उपचार, रोकथाम र व्यवस्थापनबारे भइरहेका कामका सन्दर्भमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग जानकारी लिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा छलफल गरेको देउवाले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।
उनले सीसीएमसीका पदाधिकारीलाई उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएको जनाएका छन् ।


















