मुक्तिनाथ बैंकको वार्षिक साधारण सभा सम्पन्न

मुक्तिनाथ विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले कोरोना महामारीको विषम परिस्थितिमा भर्चुअल माध्यमबाट  सेयरधनीहरुलाई सहभागिता गराएको थियो।

सभाले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ४ दशमलव २५७४ प्रतिशत नगद लाभांस र ११ दशमलव २५ बोनस सेयर सहित १५ दशमलव ५०७४ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको हो।

त्यस्तै सभाले आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्ताव पनि पारित गरेको छ ।

सभामा संचालक समितिका अध्यक्ष भरतराज ढकालले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए । प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका सेयरधनीहरुबाट प्राप्त सल्लाह, सुझाव र जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए।


ताजा खबर