‘मस्जिद धार्मिक सहिष्णुुता र सद्भावको नमूना’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मस्जिद धार्मिक सहिष्णुुता र सद्भावको नमूना भएको बताउनुु भएको छ ।

काठमाडौँको घण्टाघरस्थित पञ्च काश्मिरी तकिया मस्जिदको आज निरीक्षणका क्रममा मन्त्री भट्टराईले धर्म संस्कृति संरक्षण र संवद्र्धन गर्ने दायित्व सरकारको भएको उल्लेख गर्नुहुँदै ५ सय वर्ष पूरानो इतिहास बोकेको मस्जिदको संरक्षण सरकारले गर्ने बताउनुुभयो ।

२०६१ सालमा क्षति भएको मस्जिदको संरचना पुनः निर्माण गर्न सरकारले रकम विनियोजन गरिसकेको पनि मन्त्री भट्टराईले जानकारी दिनुुभयो । –रासस


ताजा खबर