महोत्तरीमा निषेधाज्ञ थप गरिएको छ । निषेधाज्ञाको समय सकिन लाग्दा पुनः पाँच दिनको लागि निषेधाज्ञाको समय बढाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिए ।
कोरोना संक्रमण बढदै गएपछि महोत्तरीमा भदौ १ गते राति देखि १० दिनको लागि जिल्ला भर निषेधाज्ञा जारी गरिएको थियो । अब त्यसलाई बढाएर भदौ १५ गते राति १२ बजे सम्मको थप गरिएको छ ।
यस अवधिमा अति आवश्यक व्यापार व्यवसाय सञ्चालनको लागि बिहान ६ बजे देखि ९ बजे सम्म सुरक्षा सतर्कता अपनाई सञ्चालन गर्न दिने निर्णय गरिएको छ ।



















