उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी गर्ने सैद्धान्तिक निर्णय

उपत्यकामा कोरोना संक्रमण बढ्दै गए पछि उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुकाे बैठकले आवश्यकता विचार गरी संयुक्त रुपमा निषेधाज्ञा जारी गर्ने सैद्धान्तिक  निर्णय गरेको छ ।

जिल्लामा निषेध आदेश वा अन्य कुनै कडा कदम चाल्ने बारे तीनवटैजिल्लाका सुरक्षा अधिकारबीच छलफल भएको थियो । निषेधाज्ञा लगाउन सक्ने सैद्धान्तिक  निर्णय भएको र बुधबार बेलुका १२ बजेबाट लाग्न सक्छ ।

कुन समयबाट लगाउने बारे छलफल जारी छ काठमाडौं जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तुल्सीराम पौडेलले गोरखापत्र अनलाइनलाई बताउनुभयो । निषेधाज्ञा जारी भए अत्यावश्यक काममा बाहेक घरबाट बाहिर निस्कन पाउने छैन ।


ताजा खबर