सर्लाहीमा लकडाउन थपियो : आवश्यक बाहेक सबै सेवा र कार्यालयहरु बन्द हुने

सर्लाहीमा भोलि बाट एक हप्ताको लागि पुनः पूर्ण रुपमा बन्द हुने भएको छ । भोलिबाट अति आवश्यक सेवा बाहेक अन्य सबै प्रकारको सेवा तथा कार्यालयहरु बन्द हुने भएको छ ।

सर्लाहीमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेकोले थप संक्रमण बाट जोगाउन सर्लाही जिल्लालाई सोमबारबाट निषेधाज्ञा गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

मलंगवा, ईश्वरपुर, लालबन्दी, चन्द्रनगर, बरहथवा लगायतका ठाउँमा कोरोना भाईरस संक्रमण समुदाय स्तरमै फैलिरहेकोले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला स्तरीय कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको आज दिउँसो बसेको बैठकले फेरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । बैठकले संक्रमण समुदाय स्तरमा थप हुन नदिन स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६ (३) तथा संक्रमण ऐन, २०२० बमोजिम भदौ १ गते देखि ७ गते राति १२ बजे सम्म अतिआवश्यक सेवा बाहेक सर्लाहीमा निषेधाज्ञा लागु गरिएको हो ।

त्यस्तै बैंक वित्तिय संस्था तथा कार्यालयहरु बाट दिने सेवा पनि बन्द हुने भनि निर्णय भएको प्रजिअ पौडेलले बताउनुभयो । भोली त्यस्तै हप्ताको दुई दिन बुधबार र शुक्रबार दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म खाद्यान्न, फलफूल एवं तरकारी पसल खुला राखी भौतिक दूरी कायम गराई खरिद बिक्री गर्ने तथा छिमेकी मित्र राष्ट्रहरुबाट हुने सामाग्री ढुवानी बाहेकका सबै प्रकारका आवगमन पूर्ण रुपमा निषेध गर्ने र सिमा नाका पूर्ण रुपमा सिल हुने जिल्ला स्तरीय कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले निर्णय गरेको हो ।


ताजा खबर