स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न राष्ट्रपतिद्वारा आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बन्दाबन्दी सरल बनाए पनि स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न सबैमा आग्रह गर्नुभएको छ ।

सामाजिक संजाल ट्वीटर मार्फत ट्वीट गर्दै उहाँले कोभिड-१९ बाट बच्न सबैलाई स्वास्थ्यसम्बन्धी नियम पालना गर्न आग्रह गर्नुभएको हो ।

‘‘जनजीवनलाई सहज पार्न सरकारले बन्दाबन्दी केही सरल गरेको छ । तथापि, कोरोना महामारीको जोखिम टरिसकेको छैन”, उहाँले ट्वीटमा भन्नुभएको छ ।

कोभिड-१९ को विश्वब्यापि माहामारीका कारण सरकारले गत चैत ११ गतेदेखि जारी राखेको बन्दाबन्दी हटाए लगत्तै राष्ट्रपतिले ट्वीट मार्फत आग्रह गर्नुभएको हो ।


ताजा खबर