शैलेश थापा क्षेत्री नेपाल प्रहरीको २८ औं महानिरीक्षक

सरकारले नेपाल प्रहरीको २८ औं महानिरीक्षकमा एआईजी शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले एआईजी क्षेत्रीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

नयाँ आईजीपीको दौडमा क्षेत्री सहित एआईजी हरिबहादुर पाल पनि हुनुहुन्थ्यो । कार्यसम्पादन मूल्याङक अनुसार क्षेत्री पहिलो र पाल दोस्रो नम्बरमा हुनुहुन्थ्यो ।

क्षेत्री हाल प्रहरीको मानव स्रोत तथा प्रशासन विभागका प्रमुख हुनुहुन्छ ।

वर्तमान महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली ३० वर्षे सेवाहदका कारण भोलि (बुधबार) मध्यरात देखि नियमित अवकाशमा जाँदै हुनुहुन्छ ।

गत फागुन २८ गते सरकारले ज्ञवालीलाई २७ औं महानिरीक्षमा नियुक्त गरेको थियो ।

२०४९ बैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका क्षेत्रीले २०७९ बैशाख १८ गतेसम्म नेपाल प्रहरीको नेतृत्व सम्हाल्नुहुनेछ ।


ताजा खबर