- ज्वाला ढकाल
थाहै नदिइ तिमी
आयौ त कसरि आयौ
आगमन जस्तो भयपनि
सुगन्ध प्रेमको लिएर आयौ ।
निदायको शहरमा
ब्युझिने रहर बनेर आयौ
खडेरिले उजाडिएको मौषममा
फुलैफुलको बहार बनेर आयौ ।।
आँखामा तिम्रो प्रतिविम्ब
छचल्किरहेथ्यो
कल्पनामा आइ छोएर गयौ
यथार्थ मा तिमी थियनौ तर
हुनुको आभास दिएर गयौ ।
आँधिका बेगहरु जस्तै
नजरहरु ठोक्काएर आयौ
त्यहिबाट एउटा नयाँ संसार देखायौ
जहाँ प्रेम छ, सुगन्ध छ
अनि जिबनको बेग्लै आनन्द छ।
नजिक आउ टाढा नजाउ
यि हात समाउ
आँखामा हेर अनि मुस्कुराउ
म सुन्दै जान्छु
प्रेम का गित
तिमि गुन्गुनाउ ।।






















