‘द दीपेश शो’:’लकडाउनमा नेपाली सेलिब्रेटीसँग अस्ट्रेलियाबाट लाइभ गफगाफ’

दीपेश श्रेष्ठ हिट्स एफएमका अत्यन्त लोकप्रिय कार्यक्रम प्रस्तोता अनि भ्वाइस ओभर आर्टिस्ट । अहिले भने डिजिटल मिडिया र मार्केटिङका विज्ञ हुनुभएको छ । उहाँले सन् १९९६ मा हिट्स एफएममार्फत् आफ्नो करियरको सुरुवात गर्नुभएको थियो ।

रेडियो कार्यक्रम प्रस्तोताको रुपमा पूरा एक दशक उहाँ रेडियो कार्यक्रम सञ्चालकदेखि निर्देशकका रुपमा सक्रिय रहनुभयो। रेडियो करियरको यात्रा उहाँ अस्ट्रेलिया जाने भएपछि सन् २००७ मा रोकियो  । अष्ट्रेलियामा उहाँ आफ्नो रुचि र क्षेत्रभन्दा फरक काममा व्यस्त रहनुभयो।

तर, कोभिड-१९ कोरोना भाइरस संक्रमणको माहामारीका कारण जारी लकडाउनमा भने पेशका लागि त्यो अवसर फर्कियो, जहाँ उहाँ आजभन्दा २४ वर्ष अगाडि रमाउनु भएको थियो।

दीपेश सिड्नीमा हुनुहुन्छ । लकडाउनले उहाँको नियमित कामलाई प्रभाव पारेन। तर, उहाँले भने आफैँलाई झन् व्यस्त बनाउनु भएको छ। उहाँ निन्द्रा मायाँ मारेर आफ्नो कामबाट बचेको समय फरक काममा दिन थाल्नुभएको छ।

उहाँले लकडाउनका कारण फुर्सदमा रहेका नेपाली दर्शक, स्रोतालाई लक्षित गरी प्रत्यक्ष प्रसारण सुरु गर्नुभएको छ। नेपालका स्रस्टा, कलाकार तथा फरक फरक क्षेत्रमा योगदान पुर्‍याएका प्रभावशाली व्यक्तित्वहरुसँग प्रत्यक्ष कुराकानी गर्न थाल्नु भएको छ।  उहाँले यसरी आफ्नै फेसबुक पेज ‘द दीपेश सो’ मार्फत कार्यक्रम चलाउन थाल्नुभएको पनि एक महिना भन्दा बढी भइसकेको छ।

अस्ट्रेलिया पुगे पनि उहाँले पुरानो कर्म चटक्कै छाड्नु भएन। त्यहाँ उहाँले फिल्म लेखनको अध्ययन गर्नुभयो। केही म्युजिक भिडियो पनि बनाउनु भयो । फोटोग्राफी पनि सिक्नुभयो।

‘जति नै व्यस्त भए पनि कहिलेकाहीँ जोश चल्थ्यो। त्यसैले म्युजिक भिडियो बनाएँ’, उहाँको कामप्रतिको मोह भनाइमा सुनिन्थ्यो।

भिडियोको काममा त रमाएँ तर रेडियोमा झै अन्तर्वार्ता, कार्यक्रम सञ्‍चालनको मजा समयसँगै कतै छुटिरह्‍यो। मजासँगै स्रोतासँगको सम्बन्धमा केही दूरी पक्कै बढ्यो। जुन कम गर्ने प्रयास गर्दैहुनुहुन्छ दीपेश यो लकडाउनमा ।

सिड्नीस्थित एक डिजिटल मार्केटिङ एड्भर्टाइजिङ एजेन्सीमा कार्यरत् उहाँले यसअघि यस किसिमको कार्यक्रम चलाउनु भएको थिएन। श्रेष्ठका अनुसार जब कोरोना माहामारीका कारण विश्वका अधिकांश देश लकडाउनमा परे तब उहाँमा एक किसिमको छटपटी सुरु भयो। अब के गर्ने?  उहाँसँग क्यामरा भिडियो इडिटिङ लगायतका आवश्यक सामाग्री त थिए। तर त्यसको उपयोग भइरहेको थिएन। जसमा खर्च भइरहेको थियो तर आम्दानी र प्रयोग शून्य। त्यसैको प्रयोग गर्ने योजना बनाउनुभयो दीपेशले।

‘मैले पढ्दै, गर्दै सिकेको थिएँ। आवश्यक सामाग्री पनि थिए। यही हो उपयोग गर्ने बेला भन्ने भयो’, उहाँले सुनाउनुभयो।

कोरोना संक्रमण फैलिन नदिन चेत्र ११ गतेबाट नेपालपनि देशभर लकडाउन सुरु भयो। त्यसको दुई सातासम्म उहाँले सामाजिक सञ्जाल खुब नियाल्नुभयो । प्राय मानिसलाई घरभित्र बसिरहनु पर्दा छट्पटी भएको थियो। अधिकांश नेपाली घरभित्रै बसेर सामाजिक सञ्जालमा चलाइरहेका थिए । ती आम मानिसका लागि के गर्न सकिन्छ त? आफू सोचमा डुबेको बताउनुहुन्छ दिपेश श्रेष्ठ। त्यसपछि बनेको हो लाइभ कुराकानी ‘द दीपेश शो’ को योजना।

पहिलो प्रस्ताव राख्नुभयो गायक सञ्जीव सिंहलाई। सिंहले नाईं भनेनन्। सुरुवात व्यक्तिगत पेजमार्फत् गर्नुभएको थियो। जुन धेरैले रुचाएको उहाँको ठहर छ। ‘कुराकानी पनि निकै रमाइलो र अनौपचारिक रहेको उहाँ बताउनुहुन्छ। त्यसैले हुनसक्छ दर्शकहरुको ध्यान खिच्यो ‘द दिपेश शो’ ले।’

सामान्य गफगाफले पनि मजा दियो। धेरै प्रतिक्रिया आयो। कतिले त्यस्तै कुराकानीलाई निरन्तरता दिन सुझाए। त्यसपछि उहाँले आवश्यक तयारी थाल्नुभयो। समय व्यवस्थापनदेखि प्राविधिक पाटोसम्म। अझ महत्वपूर्ण त कोसँग कुरा गर्ने? कसरी समय माग्ने योजना महत्वपूर्ण थिए। त्यस्तो समयमा ती स्रस्टा, संगीतकार, कलाकार लगायतका व्यक्तित्वहरुसँग फेरि जोडियो जो उहाँ नेपालमा हुँदा भेटिएका थिए – केही कामको सिलसिलामा, कोही साथीका रुपमा पनि।

Image may contain: 1 person, text and close-up

‘गफगाफ’ नाम दिएर सुरु गरिएको लाइभ कुराकानीमा जीवनका संघर्ष र सफलताका कुरा केन्द्रमा रहे। निकै अनौपचारिक ढङ्गमा। जसमा अतिथिहरु कुनै समय भावुक त कुनै समय खुसी र गर्वका साथ प्रस्तुत हुन्छन्। चर्चित अनि सफल व्यक्तित्वहरुको जीवनका नदेखिएका घटना एवं प्ररिस्थितिबारे चर्चाले कार्याक्रमलाई थप रोचक बनाएको दावी गर्नुहुन्छ उहाँ। ‘जुनसुकै मानिस पनि अनौपचारिक कुराकानीमा खुलेर बोल्ने गर्दो रहेछ’, उहाँले अनुभव सुनाउनु भयो।

हाल उहाँ फुर्सद मिल्नासाथ अतिथिका बारेमा योजना बनाउँनुहुन्छ। कसलाई बोलाउने? तय भएपछि सम्बन्धित व्यक्तिका बारेमा अध्ययन गर्नुहुन्छ। त्यसपछि समय मिलाउँनुहुन्छ।  ‘गफगाफ’ तोकिएकै समयमा सुरु हुन्छ तर ठ्याक्कै यति समयभित्र सकिन्छ भन्ने चाहिँ निश्चित हुँदैन। कहिले अलि बढी, कहिले थोरै कम।

Image may contain: 1 person, text

Image may contain: 1 person, sunglasses and text

सुरुवाती दिनमा उहाँमाथि अतिथिसँग कुरा गर्ने शैली र सम्बोधनमाथि प्रश्‍न उठेका थिए। केहीले ‘स्रष्टा  र सेलीब्रेटीहरुको अपमान गरेको’ आरोप समेत लगाए कसै कसैले। तर उहाँले ती प्रतिक्रिया र परिस्थितिलाई सहर्ष स्वीकार गर्नुभयो। ‘कार्यक्रममा आएका राम्रा नराम्रा सबै प्रतिक्रियालाई स्वभाविक रुपमा लिनुभयो। यो कार्यक्रम अझै मेहनत गर्ने अवसरका रुपमा प्रयोग गरेको’ अनुभव श्रेष्ठले सुनाउनु भयो।

यसैबीच उहाँले केही रमाइलो किस्सा पनि सुनाउनु भयो। अतिथिहरुसँग बोल्दै गर्दा कति पटक त निकै ‘नर्भस’ हुनु भएछ। दीपेशले आफ्नो माइक नै अन गर्न बिर्सिनु भएछ। ‘दर्शकले तपाईँको बोली सुनिएको छैन भनेर कमेन्ट गरेपछि पो थाहा पाएँ’, उहाँले हाँस्दै भन्नुभयो।

हालसम्म उहाँले सुमन खरेल, भूषण दाहाल, गायिका अभया सुब्बा, गायक दीपक खरेल, संजय श्रेष्ठ, निमा रुम्बा, नवीन के भट्टराई, काली प्रसाद बाँस्कोटा, सुशील नेपाल, माल्भिका सुब्बा,द स्याडोज नेपाल व्याण्ड, दीपेन्द्र लामा लगायतसँग कुराकानी गरिसक्नुभएको छ।

Image may contain: 1 person, text

Image may contain: 1 person, text

उहाँ अब यही कार्यक्रम मार्फत नेपाली कलाकार, खेलाडी तथा स्रष्टाबारे विशेष जानकारी अभिलेखन गर्नेतर्फ उन्मुख भएको बताउनु हुन्छ। ‘हाम्रा वरिष्ठ कलाकार पत्रकार संगीतकार लगायतका व्यक्तिहरुको बारेमा उहाँहरुले गरेका योगदानको चर्चा कमै पाइन्छ। त्यसैले सबैलाई एक ठाउँमा ल्याउने प्रयास गरेको हुँ’, उहाँले भन्नुभयो ‘ यदि भोलिको पुस्ताले यस विषयमा अध्ययन गर्न तथा बुझ्न चाहेमा खण्डमा सजिलै पाउन सकुन्।’

Image may contain: 1 person, text

Image may contain: 1 person, text

यी सबैसँगको गफगाफमा उहाँले फरक अनुभव संगाल्नु भएको छ। जसमध्ये विल्कुल नयाँ अनुभव भने नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसँगको गफगाफमा भयो। ‘खेल क्षेत्र मेरा लागि विल्कुलै नयाँ हो त्यसैले ज्ञानेन्द्रसँग त्यति खुलेर कुरा गर्न सकिनँ। तर धेरै कुरा जान्ने मौका पाएँ रमाइलो पनि लाग्यो’, उहाँले भन्नुभयो।

‘एक्लै सुरुवात गरेको कार्यक्रममा हाल थप तीन जना जोडिएका छन्। उनीहरुले अतिथिबारे सूचना संकलनका लागि साथ दिएका छन्।’ शो तयार गर्ने टिमबारे उहाँले बताउनुभयो ।

यी अनुभवहरुले उहाँलाई रेडियोमा हुँदा गरेको मेहनत याद दिलाउँछन् रे। सुरुमा त रेडियो आफ्नो लागि होइन जस्तो लाग्थ्यो रे उहाँलाई। पछि रेडियोकै लागि जन्मिएको हुँ भन्ने महसुस भयो रे। रेडियोमा कार्यक्रम चलाउँदा अतिथिका रुपमा बोलाउनु भएको रहेछ गायक नवीन के भट्टराईलाई। ‘मेरो कार्यक्रममा आउँछु भनेर धेरै पटक आएनन्। लाइभ कुराकानीमा पनि यो प्रसङ्ग सम्झिएका थियौं’, दीपेश भन्नुहुन्छ। नवीनसँगको गफगाफ उहाँको सर्वाधिक हेरिएकोमध्ये एक हो।

त्यसबेला वाध्यात्मक परिस्थितिका काररण रेडियोबाट ब्रेक लिदनुभएको हो रे तर रेडियोसँगको आत्मीयता सधैं रहिरह्यो भन्नुहुन्छ दिपेश।

‘रेडियोमा गरेको त्यो संघर्ष अनि स्रोताको मायाले कहिल्यै पिछा छोडेन। बीचमा कुनै रेडियोमा काम नगर्दा पनि सम्झना आइरहन्थ्यो। कोभिड-१९ को बिश्वब्यापि माहामारी अनि कोरोनाको कहरमा लकडाउनले फेरि स्रोता माझ आउने अवसर दियो’, उहाँले भन्नुभयो।

मिडिया पर्सनालिटी ताराभूषण दाहाल र बरिष्ठ पत्रकार सुमन खरेलसँगको कुराकानीको भिडियो हेर्न तल क्लिक गर्नुहोस…

द दीपेश शो @thedeepeshshow हरेक दिन नेपाल स्ट्याण्डर्ड टाइम अनुसार अपरान्ह २ः०० बजे फेसबुकमा लाईभ हेर्न सकिन्छ ।

 


ताजा खबर