काठमाडौँमा कोरिया भिसा आवेदन केन्द्र स्थापना

काठमाडौँमा कोरिया भिसा आवेदन केन्द्र स्थापना भएको छ । भिसा केन्द्र स्थापनाले विभिन्न प्रयोजनका लागि गणतन्त्र कोरिया प्रस्थान गर्ने नेपालीका लागि भिसा आवेदन प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ ।

ललितपुरको वन स्काई भवनमा शुक्रबार एक समारोहबिच भिसा आवेदन केन्द्र स्थापना भएको हो । उद्घाटन समारोहमा नेपालका लागि कोरियाका राजदूत पार्क थेयङ, हानाटुरका प्रमुख कार्यकारी अधिकृत सोङ मी सन, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

भिसा आवेदन केन्द्रबाट कार्यालय सञ्चालन हुने हरेक दिन बेलुका ४ बजेसम्म भिसा आवेदन समयलाई विस्तार गरिएको छ । यसअघि बिहान मात्रै सो सेवा सीमित थियो । टेलिफोन सेवा भने राति ९ बजेसम्म उपलब्ध गराइने छ ।


ताजा खबर