आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटायो

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मंगलबार राति १२ बजेदेखी घटेको मूल्य समायोजन भएको निगमको भनाइ छ ।

निगमका अनुसार पेट्रोलमा प्रति लिटर पाँच रुपियाँ तीन पैसा र मट्टितेल र डिजलमा प्रतिलिटर १ रुपियाँ ३० पैसाले मूल्य घटेको हो । इण्डियन आइल कर्पोरेशनबाट मंगलबार मूल्य घटेर आएपछि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमको भनाइ छ ।


ताजा खबर