ग्लोबल आईएमई बैंक यस बर्षको उत्कृष्ट बैंक घोषित भएको छ।
ग्लोबल फाइनान्स म्यागजिन एसिया प्यासिफिकले २०२५ का लागि नेपालको ग्लोबल आईएमई बैंकलाई उत्कृष्ट बैंक घोषणा गरेको हो।
लगातार दुई वर्ष बैंकले यो मान्यता प्राप्त गर्नुले बलियो प्रदर्शन, रणनीतिक ध्यान र ग्राहकप्रतिको समर्पणलाई प्रतिबिम्बित गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको भनाई छ।
रेग्मीले डिजिटल क्षमता विस्तार, खुद्रा र एसएमई सेवा सुदृढीकरण तथा समावेशितालाई बैंकको प्रगतिको प्रमुख कारण रहेको दाबी गर्नुभएको छ।

एसिया प्यासिफिकका शीर्ष बैंकलाई प्रदान गरिँदै आएको प्रतिष्ठित पुरस्कार ३२ औं संस्करणमा पनि नेपालको तर्फबाट ग्लोबल आईएमई बैंकले पाएको हो ।
उत्कृष्ट बैंक बनाउन साथ सहयोग र विश्वास गर्नुहुने सबैंलाई बैंकले आभार व्यक्त गरेको छ ।





















