नेपाल चिकित्सक सङ्घले मङ्गलबार पनि आन्दोलन जारी रहेको जनाएको छ ।
नेपाल चिकित्सक सङ्घका महासचिव डा. सञ्जीव तिवारीले प्रेस विज्ञप्ती जारी गरी आज मङ्गलबार पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका उपचार सेवा बन्द गर्ने जानकारी दिनुभयो ।
सङ्घले हिजो सोमबार पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका उपचार सेवा बन्द गरेको थियो । आफ्ना माग पूरा गर्ने विषयमा सरकार पक्षबाट कुनै पहल कदमी नभएको भन्दै आकस्मिकबाहेकका उपचार सेवा बन्द गर्ने निर्णय गरेको डा. तिवारीले जानकारी दिनुभयो ।
सङ्घले माइतिघर मण्डलामा प्रदर्शन गर्ने र लाइसेन्स काउन्सिलमा बुझाउने कार्यक्रम समेत तय भएको डा. तिवारीको भनाइ छ।























