ॐ हस्पिटलमा ल्यापारोस्कोपिक सर्जरी कार्यशाला सम्पन्न

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा स्त्री तथा प्रसुती विशेषज्ञ चिकित्सकहरुकालागि ल्यापारोस्कोपिक सर्जरी विषयक कार्यशाला सम्पन्न भएको छ ।

May be an image of 4 people, television and hospital

स्त्री तथा प्रसुती विशेषज्ञ चिकित्सकहकस्त्री तथा प्रसुती विशेषज्ञ चिकित्सकहरुको दक्षता अभिवृद्धि गर्ने उदेश्यले नेपाल सोसाइटी अफ अव्सटेट्रिसियन एण्ड गाइनेकोलोजिष्ट (नेसोग) सँगको सहकार्यमा आयोजना गरिएको सो कार्यशालालाई सम्बोधन गर्दै ॐ हस्पिटलका मेडिकल डाइरेक्टर डा. हरिश जोशीले यस किसिमको उच्च स्तरिय कार्यशाला ॐ हस्पिटलमा गर्ने अवसरका लागि नेसोग परिवार र संलग्न विशेषज्ञहरु प्रति आभार व्यक्त गर्नुभयो ।

May be an image of 12 people, dais and hospital

ॐ हस्पिटलले अत्याधुनिक प्रविधि सहितको उपचारलाई सधैं प्राथमिकतामा राखेको र अस्पतालले प्रविधि पूर्वाधार र जनशक्तिका क्षेत्रमा हरसम्भव साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

May be an image of 7 people, people smiling, hospital, dais and text

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका वरिष्ठ स्त्री तथा प्रसुतीरोग विशेषज्ञ प्रा.डा. जागेश्वर गौतमको अगुवाईमा सञ्चालित कार्यशालामा रुपमा वरिष्ठ स्त्री तथा प्रसुतीरोग विशेषज्ञहरु डा. सरिता खाइँजु र डा. रङ्गिना लाइकाङ्बमले बेसिक ल्यापारोस्कोपि, ल्याप हिस्टेरेक्टोमी, ल्याप सिस्टेक्टोमी लगायत ल्यापारोस्कोपिक सर्जरीका विविध आयामहरुबारे चर्चा गर्नुभएको थियो।

May be an image of 2 people, people smiling, hospital and text

May be an image of 10 people, people studying, dais and text

May be an image of 11 people, wedding and dais

कार्यशालामा नेपालका बिभिन्न अस्पतालहरुमा कार्यरत चिकित्सकहरुको सहभागिता रहेको थियो । रासस


ताजा खबर