एकदिवसीय अन्तिम खेलमा नेपाल र नेदरल्याण्ड्स खेल्दै

आईसीसी अन्तर्राष्ट्रिय विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिदेशीय त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा आज नेपालले नेदरल्याण्ड्ससंग खेल्दैछ ।

किर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा नेपालले जारी शृङ्खलामा आफ्नो तेस्रो खेल खेल्न लागेको हो । हालसम्म खेलेका तीन खेलमा दुईमा पराजित भएको नेपालले एक खेल जितेको छ । यसैगरी नेदर्ल्याण्डसले पनि समान दुईमा पराजय र एकमा जित हाशिल गरेको छ ।

तीन खेल जितेको नामिबिया लिग-२ शृङ्खलामा ६ अङ्क सहित अङ्क तालिकाको शीर्ष स्थानमा रहँदा समान एक-एक खेल जितेका नेपाल र नेदरल्यान्ड्सको समान दुई अंक छ । यस अघि भएको पहलो खेलमा नेपालले नेदरल्याण्डसलाई पराजित गरेको थियो । खेल बिहान ९:३० बजे शुरुहुने तालिका छ ।

यो एकदिवसीय शृङ्खला सकिए लगत्तै नेपालले आगामी मंगलबारदेखि नामिबिया र नेदरल्यान्ड्ससंगै त्रिदेशीय त्रिकोणात्मक टि–२० शृङ्खला खेल्ने कार्यक्रम छ । यो शृङ्खला पनि नेपालमै हुनेछ । रासस


ताजा खबर