विश्वकप क्रिकेट लिगमा आज नेपाल र नेदरल्याण्ड्स भिड्ने

आइसीसी अन्तर्राष्ट्रिय विश्वकप लिग-२ क्रिकेट अन्तरगत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज दोस्रो खेल खेल्दैछ । किर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा नेपालले नेदरल्याण्डससंग प्रतिस्पर्धा गर्न लागेको हो ।

नामिबिया र नेदरल्याण्ड्स सहितको त्रिदेशीय शृङ्खलामा बिहिवार भएको पहिलो खेलमा नेपाल नामिबियासंग चार विकेटले पराजित भएको थियो । पहिलो खेल हारेकोले आजको खेलमा जित दर्ता गर्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रदै छ ।

पहिलो खेलमा टोलीमा नभएका दिपेन्द्रसिंह ऐरी पनि उपस्थित हुनेछन् । त्रिकोणात्मक शृङ्खलामा सहभागी सबै तीन टोलीले एक अर्कासँग दुई-दुई खेल खेल्ने तालिका रहेको छ ।

आजको खेल पछि सोमबार हुने तेस्रो खेलमा दुई पाहुना टोलीबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी आगामी बुधवार नेपालले पुनः नामिबियासंग खेल्नेछ भने अर्को आइतबार नेदरल्याण्डसंग दोस्रो खेल खेल्ने तालिका छ । रासस


ताजा खबर