उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

पप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि गत मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका गृहमन्त्री श्रेष्ठ स्वास्थ्य लाभ गरी आइतबार अस्पतालबाट डिस्चार्ज भएका गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार गृहमन्त्री श्रेष्ठकाे स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

गृहमन्त्री श्रेष्ठको मुटुकाे खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरी उपचार गरिएको र स्वास्थ्यमा उल्लेखनीय सुधार भएकाले चिकित्सकको सल्लाह र सिफारिसमा आइतबार अस्पतालबाट डिस्चार्ज भएको प्रवक्ता भट्टराईले जानकारी दिए ।


ताजा खबर