क्रिटिकल केयर नर्सिङ लिडरसिप गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ ।
नेपलिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनले नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेशनसँगको सहकार्यमा एकदिवसिय गोष्ठी आयोजना गरेको हो ।
गोष्ठीमा देशका विभिन्न अस्पतालबाट नर्सिङ डाइरेक्टर तथा आईसीयू इन्चार्जहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उदघाटन समारोहमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइराला, नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्रा.डा. सरला केसीले नर्सिङ नेतृत्वको आवश्यकता र महत्ववारे प्रकाश पार्नुभएको थियो ।
त्यसैगरी, नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका अध्यक्ष प्रा.डा. सितल अधिकारी, नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेशनका अध्यक्ष प्रा.डा. सुवासप्रसाद आचार्य, क्रिटिकल केयर नर्सहरुको क्षेत्रीय महासंघ र्साकका अध्यक्ष लक्ष्मी केसी लगायतले कार्यशालाको उदघाटन समारोहलाई सम्बोधन गर्दै नर्सिङ महत्व र नर्सिङ नेतृत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रम संयोजक बरुना पौडेलले उक्त कार्यशालाको सम्पूर्ण कार्य बिवरणबारे सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।
नर्सिङ नेतृत्वकाे आवश्यक्ता र महत्वका बारेमा हिरा निरौला, रोशनी तुईतुई, बाला राई, प्राडा सुवास प्रसाद आचार्य, कबिता सिटौला, लालदेवी मर्हजन, बरुना पौडेल, आशा पोखरेल, सुलेखा श्रेष्ठ, राज मेहेता, रुकमणी खड्का र करुना थापाले प्रस्तुती दिएका थिए ।

कार्यक्रमको समापन समारोहमा बोल्दै क्रिटिकल केयर नर्सेस एसोसिएसन अफ नेपालका अध्यक्ष बिमला श्रेष्ठले यस किसिमका कार्यक्रमले नर्सहरुको नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
गोष्ठीमा काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरलेपनि सक्रिय सहभागिता जनाएको थियाे ।

ॐ अस्पतालका तर्फवाट अस्पतालकी नर्सिङ्ग डाइरेक्टर उमा श्रेष्ठ, आईसियु इन्चार्ज तथा क्रिटिकल केयर नर्सेस एसोसिएसन अफ नेपालकी सह-कोषाध्यक्ष सविना ढकाल तथा नर्सिङ्ग इन्चार्ज शुशिला कुँवर राणा सहभागित हुनुभएकाे थियाे। सफल नेपाल





















