प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष हुने

सूचना तथा प्रशारण विभागले दिने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्ष हुने भएको छ। बुधबार सूचना प्रकाशित गरी विभागले स्थायी र स्वतन्त्र पत्रकारको हकमा प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष कायम गरिने स्पष्ट पारेको छ।अस्थायी प्रमाणपत्रको हकमा साविक कै व्यवस्था निरन्तर रहने विभागले जनाएको छ।

विभागबाट जारी भएका प्रेस प्रतिनिधि प्रमाणपत्र एक वर्षको अवधिका लागि कायम रहने र प्रत्येक वर्ष नवीकरण हुने गरेकोमा अब स्थायी र स्वतन्त्र पत्रकारका हकमा प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष कायम गरिने विभागका प्रवक्ता भरत गौतम जानकारी दिए ।

प्रेस प्रतिनिधि प्रमाणपत्र

‘यस विभागबाट जारी भएका प्रेस प्रतिनिधि प्रमाणपत्र एक वर्ष अवधिको लागि कायम रहने र प्रत्येक वर्ष नवीकरण हुने गरेकोमा अब उप्रान्त स्थायी र स्वतन्त्र पत्रकारको हकमा प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष कायम गरिने तथा अस्थायी प्रमाणपत्रको हकमा साविक कै व्यवस्था निरन्तर रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारीको लागि अनुरोध छ’ विभागद्वारा जारी सूचनमा उल्लेख छ।

त्यस्तै स्वतन्त्र पत्रकारको परिचयपत्र प्राप्ति र नवीकरणका सवालमा पनि गुनासो आएकाले यसमा पनि सुधारका लागि प्रयास थालिएको उहाँले जानकारी दिए । विभागको वेबसाइटको ‘अन्य’बाट प्रवेश गरेर निवेदन दिई सोको निर्णय पश्चात विभागबाट निवेदकको सम्बन्धित जिल्ला हुलाक कार्यालयमा सो प्रतिलिपि पठाइने व्यवस्था मिलाइएको विभागका प्रवक्ता गौतमले जानकारी दिए ।


ताजा खबर